• भक्तपुर,  २२  जेठ

    भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षीकाहरूले सहयोग गरेका थिए । 

    विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरू भविष्यमा कृषिप्रति पनि आकर्षित हुनसकुन भन्ने आफ्नो उद्देश्य रहेको उनी बताउँछन् ।

    धानको बीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययनरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरूलाई शिक्षिका कविता पौडेलले बीउ राख्नका लागि आवश्यक सामान देखाउँदै यसको प्रयोगकोबारेमा जानकारी दिए । 

    शिक्षिका सुनिता सुवेदीले विद्यार्थीहरूलाई बीउ राख्ने तरिकाबारे जानकारी दिएकी थिइन् । उनका अनुसार स्कुल नजिकै त्यहाँ स्कुलकै करिब एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । उनीहरूले नै उक्त धान काट्ने पनि छन् ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…