• लमजुङ२३ जेठ

    मर्स्याङ्दी गाउँपालिकाले पाँच वर्षे अवधिमा एक हजार तीन सय ६ घरधुरीमा खानेपानीको सुविधा पुगेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको बताए । सबैभन्दा धेरै वडा १ र ६ मा ६–६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट एक सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।  

    यस्तै, वडा २ मा ४ वटा योजनाबाट एक सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा तीन योजनाबाट एक सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । 

    उनका अनुसार वडा ४ मा चार योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा तीन योजनाबाट ६० घर, वडा ७ मा दुई योजनाबाट एक सय २५ घर, वडा ८ मा दुई योजनाबाट ५५ घर लाभान्वित भएका छन् । 

    यसैबीच, वडा ९ मा चार योजना सञ्चालन भएको थियो । उक्त योजनाबाट चार सय नाै घरधुरीले खानेपानी सुविधा पाएको गाउँपालिकाले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…