• लमजुङ२३ जेठ

    लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो  ।

    पहिलो उपाधिका साथ नगरपालिका टिमले  टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको  छ  । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन)ले आयोजना गरेको हो । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमले भाग लिएका थिए । 

    प्रतियोगिताको फाइनल खेल बेसीसहर नगरपालिकाको टिम र बैंकर्स टिम लमजुङका बीचमा भएको थियो । प्रतियोगिताको फाइनल खेलमा शून्यका विरुद्धमा १० गोल गर्दै बेसीसहर टिम पहिलो भएको हो ।  बेसीसहरले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल गरी १० गोलसहित जित हासिल गरेको हो । 

    प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि विजेता टिमका ईश्वर अधिकारीले पाएका छ्न् । प्रतियोगितामा अनुशासित टिममा पूर्वाधार विकास कार्यालय लमजुङको टिम छनाेट भएको छ भने बेस्ट किपरमा सिडेन तनहुँका खेलाडी अभिशेक बरालले उपाधि पाएका छन् । त्यस्तै, उत्कृष्ठ खेलाडीमा द्वितीय हुने बैंकर्स टिमका गरिमा विकास बैंक बेसीसहर शाखाका प्रमुख  सुरेश थापा छ्न् । 
    खेलाडी सबैलाई सिडेन कास्कीका सदस्य अनुप शेरचनले एक-एक हजार रुपैयाँ पुरस्कार प्रदान  गरेका थिए । प्रतियोगितामा अनुशासित टिमलाई बेसीसहर मोडल हस्पिटलले तीन हजार रुपैयाँ नगद पुरस्कार प्रायोजन गरेको थियो ।  

    प्रतियोगितामा विजयीलाई नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल, सिडेन नेपालका निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी,  कांग्रेस गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बरालले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

    विजेता खेलाडीलाई २६ हजार रुपैयाँ बराबरको खसी तथा दोस्रो हुने टिमलाई १७ हजार रुपैयाँ बराबरको बोका, ट्रफी तथा मेडल र प्रमाणपत्र दिइएको सिडेनका जिल्ला अध्यक्ष इन्जिनियर दिपेन्द्र रावलले बताए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …