• लमजुङ ,९ असार 
    जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।  उनले भने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी आएको छ ।

    प्रहरीले लमजुङका विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको विद्याविकास माविका विद्यार्थी सुप्रिया गुरुङ बताउँछिन्।

    उक्त अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको डिएसपी कार्कीले बताए ।

    विशेषगरी प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम गरिरहेकाले कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

    समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, सामाजिक अपराधसम्बन्धी घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोछ । 

    प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय एउटा र ८ वटै स्थानीय तह, प्रत्येक वडाका साथै टोल संस्थामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ ।

सम्वन्धित समाचार

महोत्तरी, १६ मंसिर  महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न…

महोत्तरी, १६ मंसिर  प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भए…

काठमाडौं,१४ म‌ंसिर बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्…

भैरहवा, १४ मंसिर  नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल पर…