• काठमाडौं, ९ असार 
    ¥याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को लोकप्रियता पछि यसको निर्माण समूहले नयाँ ¥याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने भएको छ । नयाँ शोको घोषणा गर्दै बुधबार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी दिइएको छ । अडिसन २ जुलाईसम्म हुनेछ ।

    आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ । सुदिप पोख्रेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् ।  शोमा निर्णायकको रूपमा मानस घले, कवि जी रहेका छन् भने नयाँ एक निर्णायकको चाँडै घोषणा गरिनेछ ।

    कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् भने सहनिर्मातामा मनोज सापकोटा छन् । साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोको विजेताले पाँच लाख रुपैंयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् 

सम्वन्धित समाचार

    काठमाडौं, २२ जेठ तेश्रो संस्करणको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२&rsqu…

काठमाडौं, २७ चैत आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन्…

काठमाडौं, २४ चैत ‘ए मेरो हजुर ४’ चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो…

भैरहवा, ६ चैत नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानल…