• न्युयाेर्क, १६ साउन

    अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले एसिया भ्रमण सुरु गर्दै छिन् । लागेकी छिन् । पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण सुरु गरेको उनको कार्यालयले जनाएको छ । तर, सर्वाधिक चासोको देश ताइवानको सम्भावित भ्रमणबारे केही उल्लेख गरिएको छैन् ।

    उनले स्वशासित टापुको भ्रमण गर्न सक्ने तीव्र अनुमान गरिएको छ । ताइवानलाई चीनले दाबी गर्दै आएको छ । ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले अमेरिकालाई चेतावनी दिएको छ ।

    २५ वर्षयता कुनै पनि उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारीले ताइवान भ्रमण गरेका छैनन् । ६ सदस्यीय कंग्रेसको प्रतिनिधिमन्डलको भ्रमणले अमेरिकी ‘सहयोगी र यस क्षेत्रका साथीहरूप्रति अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्न’ खोज्नेछ ।  यो भ्रमण सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित ‘इन्डो–प्यासिफिक क्षेत्र’ को हुने उनको कार्यलयले जनाएको छ ।

    चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रूपमा हेर्छ । चीनलाई आफ्नो देशको एउट अशंको रूपमा हासिल गर्न बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …