• लमजुङ,  १६ साउन

    बेसीशहर नगरपालिका वडा नम्बर ८ आलेमुल–बुद्ध मेमोरियल गेट सडक लागत साझेदारीमा ढलान गरिएको छ । बेसीशहर नगरपालिकाको ६० र स्थानीयको ४० प्रतिशत लागत साझेदारीमा ७२ मिटर सडक ढलान गरिएको हो ।

    सडक ढलानका लागि कुल १४ लाख २१ हजार ८ सय ६३ रुपैयाँ खर्च भएकोमा नगरपालिकाको ६० प्रतिशत अर्थात् ८ लाख ५३ हजार १ सय ३ रुपैयाँ र स्थानीयको ४० प्रतिशत अर्थात् ६ लाख ६८ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले बताए । सडकको चौडाइ ४ मिटर र लम्बाइ ७२ मिटर रहेको छ ।

    सडक निर्माण सम्पन्न भएसँगै आइतबार बेसीशहर नगरपालिकाका कार्यवाहक नगरप्रमुख पद्मा गुरुङले उद्घाटन गर्दै विकासको पहिलो पूर्वाधार सडक रहेको बताउनुभयो । कार्यवाहक नगरप्रमुख गुरुङले स्थानीय तह एक्लैले विकास र समृद्धि ल्याउन नसक्ने भएकाले त्यसमा स्थानीयबासीको पनि सहभागिता हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष पवित्रा रानाले लामो समयदेखिको सडक ढलान प्रयास सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै उपभोक्ता समिति र स्थानीयबासीलाई धन्यवाद दिनुभयो । सो अवसरमा उहाँले आगामी दिनमा पनि जनप्रतिनिधि र स्थाीयबासी सँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

    सडक ढलानपछि माथिल्लो क्षेत्रमा आवतजावत गर्ने र स्थानीयबासिन्दा तथा बुद्ध मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई सहज भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम लामाले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…