• १७ साउन, महोत्तरी 

    महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् ।

    मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय वर्दिवासको टोलीले उक्त समूहलाइ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।

    १५ साउनको राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरीभएसँगै इलाका प्रहरी कार्यालय गौरिडाँडाको टोली तिव्र खोजतलासमा लागेको थियो ।

    अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।

    राम एकवालको घरवाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन । ज १२ प  ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकल सहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

    प्रहरीले अदालतवाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको बिषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…