• काठमाडौं,  १८  साउन 


    समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएसँगै साफ यु २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ । 

    भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेश भने फाइनलमा स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारत मध्य एक टोली फाइनल पुग्नेछन् । 

    समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् । जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउनेछ ।

    मंगलबार बंगलादेशका लागि अहमद नोभाले खेलको ६४औं मिनेटमा अग्रता दिलाए । नेपालका वैकल्पिक खेलाडी निराजन मल्लले खेलको ६८औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

    यस अघि खेलको दोस्रो हाफमा मैदानमै हात हालाहालको अवस्था सृजना भएपछि नेपालका दुई र बंगलादेशका एक खेलाडीले रातो कार्डको सामना गरेका थिए । नेपालमा दिपेश गुरुङले सिधै रातो कार्ड पाएका थिए । यस्तै बेन्च खेलाडी रोहित सुब्बाले रातो कार्ड पाएका थिए । बंगलादेशका बाहिदुल इस्लामले दोहोरो पहँेलो कार्डको सामना गरेका थिए । 

    यस अघि प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग ८–० ले पराजित भएको थियो । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …