• महोत्तरी, १५ भदौ 

     १५औँ पुस्तकालयको दिवसका अवसरमा महोत्तरीमा विभिन्न कार्यक्रम आयाेजना गरी मनाइएको छ । पुस्तकालय र पुस्तकको महत्वलाई थप प्रकाश पार्ने उदेश्यसहित जिल्लाका विभिन्न पालिकामा  कार्यक्रम आयोजना गरिएको हो ।

    बर्दिबास नगरपालिकामा त `पढौँ, पढाऔँ निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ´ भन्ने नाराका साथ अन्तरमाध्यामिक वक्तृत्वकला कार्यक्रम आयोजना गरिएकाे छ ।

    विभिन्न विद्यालयमा अध्यनरत छात्रछात्राहरूको सहभागिता रहेको कार्यक्रममा पुस्तक र पुस्तकालयको महत्वमाथि विचार विमर्श गरिएकाे छ ।  

    उत्कृष्ट विचार राखेबापत आयोजक बर्दिबास सामुदायिक पुस्तकालयले जनता माध्यामिक विध्यालय गौरिडाडाका दुई र जनहित नन्दलाल माध्यामिक विद्यालयका एक जनालाई पुरस्कृत गरेको छ ।

    प्रथम र द्धितिय हुने क्रमशः पूर्णिमा गौतम र नेहा महतो, तेस्रो हुने जनहित नन्दलाल चौलिखाका दिपेश भट्टराई पुरस्कृत भएकाे आयोजकले जानकारी दिएकाे छ।

सम्वन्धित समाचार

 सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्ता…

 तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आ…

 दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा…

 समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी म…