• मुगु, १५ भदौ    

    मुगुको छायाँनाथ रारा नगरपपालिका–४ ताल्चामा  रहेको रारा विमानस्थल विगत १९ वर्षदेखि टर्मिनल टावर काठको टहरामै रहेको छ । २०६० सालमा कच्ची धावन मार्गमार्फत् काठको टहराबाटै जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधायुक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन ।

    ३ वैशाख २०६० मो पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान भयो, त्यसयता नियमित रुपमा हवाइ जहाज उड्न थाल्यो ।  विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दासमेत काठको भवन हल्लिने गर्छ । जोखिम मोलेर कर्मचारीहरू टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमे बस्नुपर्ने र सुरक्षा चुनौतीमा समस्या उत्पन्न भइरहेको स्थानीय रत्नसिंह मल्लले बताए । 

    सुविधायुक्त टर्मिनल टावर निर्माण जारी छ । तर, ठेकेदारको ढिला सुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । २०७२ सालमा ५७० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या छ ।

    टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि ९ करोड रुपैयाँ विनियोजन गरी ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुस्किलले ५० प्रतिशत काम मात्र पूरा रारा नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख सन्तोष कुमार गौतमले बताए ।  

    उनका अनुसार भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम रोकियो । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । तर, यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ । 

    विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर दुईवटा घेराबार हुनुपर्ने भएपनि एउटा सामान्य तारलेसम्म बारिएको छैन ।

    विमानस्थलको चारैतिर मानिस, पशु, गाई, गोरु, कुकुर, स्याल हिँड्ने बाटो मात्र रहेको छ । तत्काल घेरबार गर्न सम्बन्धित् निकायको ध्यान नपुगे कुनै दिन दुर्घटना निम्तिन सक्ने भन्न्दै चिन्ता जनाइएको छ ।   

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…