• बारा, २५ भदौ
    गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सार्वजनिक गरिएको छ । बाराको सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा आयोजित कार्यक्रम र गायक भट्टराईको अफिसियल युटुब च्यानलबाट एकसाथ सार्वजनिक गरिएको हो ।

    गायक तथा संगितकार बिकास पाण्डेको शब्द र संगीत रहेको गितको भिडियोमा युवराज केसरी र रितु चौधरीको अभिनय रहेको छ । बाराको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादन विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका संचालक गुरुङले छायांकन, निर्देशन र सम्पादन गरेको यो पहिलो गीत हो ।

    गीतको एरेन्ज अभि अमृत ल्वागन र एडिस्नल एरेन्जमेन्ट मुम्बईमा कार्यरत एनएस आर्याले गरेका हुन् । गीतका संगितकार पाण्डेले करिब डेढ महिनादेखिको  मेहनतले सफलता प्राप्त गरेको बताएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ ।

    भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक भट्टराईले उत्कृष्ट शब्द र संगीत  रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले उत्कृष्ट टिमकाबीच काम गर्न पाँउदा आफू उत्साहित रहेको बताए ।

    भिडियो सार्वजनिक कार्यक्रममा सहभागी गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगीत, छायांकन र निर्देशनले गीत हेर्न र सुन्नलायक बनेको प्रतिक्रिया दिए ।

सम्वन्धित समाचार

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …

भद्रगोल किराती   पृय सहयोद्दा साथिहरु, सेवारो! पहिचान, ईतिहास र सभ्यताको  खबरदारी गर्दा…