• मोरङ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनको लागि माओवादी केन्द्र पथरीशनिश्चरे नगर समिति मोरङले तयारी थालेको छ ।  
    पथरीशनिश्चरे १० वटा वडा मध्ये क्षेत्र नं. ३ (क)मा ५ र ६ बाहेक ८ वटा वडा पर्दछ । बुधबार पार्टी नगर कार्यालयमा बसेको बैठकले वडा, वडामा निर्वाचन परिचालन समिति गठन गर्न जिम्मेवारी तोकेको हो । 
    बैठकले २ नं. वडामा मान दियाली, ३ मा मनोरथ भण्डारी, ४ मा गंगा साँबा र मानबहादुर बिक, ७ मा दोर्ण खड्का, ८ मा दौलथराम भण्डारी (डाइमण्ड) र ९ नं. वडामा सुमन वनेमलाई जिम्मेवारी तोकेको छ । 
    वडाहरुको समिति गठन पछि नगर स्तरीय निर्वाचन परिचालन समिति गठनहुने नगर समितिको सचिव मोहन लिम्बूले बताए । क्षेत्र नं. ३ (क)मा पर्ने कानेपोखरी र बेलबारीको वडाहरु पनि निर्वाचन परिचालन समिति गठन पश्चात क्षेत्रको गठन हुने प्रदेश समितिको सदस्य तथा मोरङ जिल्ला सहइन्चार्ज लालबहादुर शुस्लिङ मगरले बताए । आगामी निर्वाचनको लागि क्षेत्र नं. ३ (क)बाट प्रत्यक्षतर्फ लालबहादुर मगरको एकल र समानुपातिक तर्फ गीता तिम्सिना, बालकुमार मगर र कमल हाङबाङ्गको नाम सिफारिस भएको छ । पार्टी प्रदेश समितिले प्रत्येक महिनाको ७ गते पालिकाको बैठक बस्नुपर्ने सर्कुलर पठाएको नगर समितिको कार्यबाहक अध्यक्ष गोबिन्द कटुवालले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…