• चितवन, १ असोज 

     बजाज कम्पनीको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरले चौबिसकोठीमा एनएस १२५ बिएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक गरेको  छ ।

    शुक्रबार सांँझ भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

    सो अवसरमा खनालले सकारात्मक सोच र कामबाट परिवर्तन सम्भव हुने बताए । सो अवसरमा चर्चित गायक गायक प्रमोद खरेल, टिका प्रसाईंले सांँगितिक प्रस्तुति दिएका थिए भने हाँस्य कलाकार सुमन कार्कीले प्रहसन गरेका थिए ।

    कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कँडेल, आरुषि मिडिया एण्ड इन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटीलगायत कम्पनीका कर्मचारीको सहभागिता थियो ।

    दसैँ, तिहार, छठको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्किम ल्याएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मूल्यको  २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन् ।

    यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक, दुई भल्भ,एयर कुल्ड, पांँच गियर, फ्रन्ट डिस्क ब्रेक, ट्युबलेस टायर लगायतका विशेषता छन् । प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलको मूल्य दुई लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …