• काठमाडौं,१ असोज

     गीतकार ध्रुवप्रसाद अम्गाईंको ‘कुरै कुरामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भ्वाइस अफ नेपालबाट चर्चा कमाएकी गायिका सुरक्षा सेन्चुरी र सौगात जङ थापाको स्वर रहेको गीतमा दिपेश परियार र अन्जना राउतको अभिनय रहेको छ ।  

    सुजन श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन सुजन लम्सालले गरेको भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । सो गीतको भिडियो एम थ्री मिडिया नेपाल युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । 

    गीतकार अम्गाई सामाजसेवी र राजनीतिज्ञ समेत हुन् । एकपछि अर्कों हिट गीतहरु लगातार स्रोतासामु पस्किरहेका अम्गाईं विगत २० वर्षदेखि प्रवासमा बस्दै आएका छन् । अम्गार्इंका चार दर्जनभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । 

    जमानत गुमायौ, मिलनमा विछोड, आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, नभुल्न सक्ने, घरमा कुरा, काले केटा, माया हे माया, माया तिरिरिरी उनका चर्चित गीतहरु हुन् ।

सम्वन्धित समाचार

काठमाडौं, १३ कात्तिक दर्शकको शतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई द…

काठमाडौं, १२ कात्तिक  निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छाय…

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलयको उद्घाटन गरिएको छ । काठमाडौंको मैतीदेवीस्थित कविकुञ्जमा निर्मित महा…

बारा, २५ भदौ गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा …