• काठमाडौं, ३१ असोज 
    शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा नेपालले दोस्राे हार व्यहोरेको छ । बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत आइतबार भएकाे चौथो राउण्डको खेलमा श्रीलंकासँग ०-५–३-५ ले हार व्यहोरेसँगै नेपाल अंक तालिकाको तेस्राे स्थानमा झरेको छ ।

    चौथो राउण्डमा नेपालका लागि सिंगेश्वर दास मात्र अंक जोड्न सफल भए । तेस्राे बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले आफ्नो अपराजित यात्रा कायम गर्ने क्रममा आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेनलाई बराबरीमा रोक्न सफल भए ।

    पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली इन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित हुन पुगे । त्यसैगरी दोस्राे बोर्डको खेलमा फिडेमास्टर विलमलाल श्रेष्ठ अर्का फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोर्न पुगे भने चौथो बोर्डमा खेलेका राजेन्द्रप्रसाद श्रेष्ठ लिसरा समाधिथ तेनाकुनसँग पराजित भए ।
     
    चार राउण्डको समाप्तिमा आयोजक बंगलादेश ८ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी श्रीलंका ६ अंकका साथ दोश्रो स्थानमा उक्लिन सफल भएको छ । समान चारचार अंक बनाएका नेपाल तथा पाकिस्तान क्रमशः तेश्रो तथा चौथो स्थानमा रहेका छन् ।

    राउण्ड रोविन प्रणालीमा सञ्चालन भईरहेको च्याम्पियनशीपमा सोमबार लिग चरणका खेलहरु सम्पन्न हुनेछन् । पाचौं तथा अन्तिम राउण्डमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । सुपर लिग प्रवेशका लागि नेपालको गणितिय सम्भावना कायम नै रहेको छ । च्याम्पियनशीपको फम्र्याट अनुसार पहिलो चरणको लिगबाट शिर्ष ३ मा रहन सफल टोली सुपर लिगमा प्रवेश गर्नेछन् ।

    सुपर लिगको विजेताले ४ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ३ हजार अमेरिकी डलर तथा तेश्रो हुनेले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सुपर लिगमा प्रवेश गर्न नसकेपनि समग्रमा चौथो हुने टोलिले १ हजार अमेरिकी डलर नगद प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…