मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा पर्सि ११ गतेदेखि हुने पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२ को तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता पर्सि कार्तिक ११ गतेदेखि प्रस्तावित पथरीशनिश्चरे रंगशालामा हुँदेछ । प्रतियोगिताको लागि शरणार्थी शिविर डाँडामा गेट निर्माण गर्नुको साथै फुटबल मैदान सिगारेर चिटिक्क बनाइएको छ ।
प्रतियोगिताको उद्घाटन खेल दमक एकेडेमी र पथरी ११ एफसीवीच हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।
प्रतियोगितामा चारतारे एफसी लेटाङ, भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय पथरीशनिश्चरे गरी आठ वटा टिम सहभागी हुने आयोजक समिति संयोजक लिम्बूले बताए ।
प्रतियोगिताको सम्पूर्ण खर्च अमेरिकामा बस्ने नेपाली भाषि युवाहरु अर्जुन विष्ट, विक्रम भट्टराई लगायत अमेरिकामा बस्ने युवाहरुले बेहोर्ने बताइएको छ ।