पथरी । १ नं. प्रदेश सरकारबाट नमुना घोसित मोरङ पथरी शनिश्चरे १ स्थित पञ्चायत माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षा सुक्रबार समापन भएको छ ।
बिद्यालयमा बिज्ञान, शिक्षा, ब्यबस्थापन र मानबिकी संकायमा पठनपाठन हुँदै आएको छ । जसमध्ये ब्यबस्थापन, शिक्षा र मानबिकी संकायमा अध्ययरत बिद्यार्थीहरुको आन्तरिक परिक्षा भएको विद्यालयकी सहायक प्रधानाध्यापक बिना राईले बताए । परीक्षा मंसिर ११ देखि १६ गते सम्म भएको थियो ।
यो परीक्षामा ६०६ जना बिद्यार्थी सहभागी भएको बिद्यालयका प्राधानाध्यपक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।
कक्षा ११ र १२ मा आमसञ्चार (पत्रकारिता), कानुन, फाइन आर्ट लगायतको बिषयमा पठनपाठनहुँदै आएको छ ।
बिद्यालयको शैक्षिक स्थर वृद्धिको लागि आन्तरिक परीक्षाहरुको आथै विभिन्न बिषयको अभ्यासमा आधारित अध्यापन हुँदै आएको छ ।
विद्यार्थीहरुका लागि कक्षा कोठा, आकर्षक भवनहरु, सहज शौचालय, खानेपानी लगायत भौतिक सुबिधा, शान्त शैक्षिक वातावरणको कारण पञ्चायत माबिमा विद्यार्थीहरुको आकर्षकको केन्द्र बन्दै गएको बिधालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।