• पथरी ।  १ नं. प्रदेश सरकारबाट नमुना घोसित मोरङ पथरी शनिश्चरे १ स्थित पञ्चायत माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षा सुक्रबार समापन भएको छ ।

    बिद्यालयमा बिज्ञान, शिक्षा, ब्यबस्थापन र मानबिकी संकायमा पठनपाठन हुँदै आएको छ । जसमध्ये  ब्यबस्थापन, शिक्षा र मानबिकी संकायमा अध्ययरत बिद्यार्थीहरुको आन्तरिक परिक्षा भएको विद्यालयकी सहायक प्रधानाध्यापक बिना राईले बताए । परीक्षा मंसिर ११ देखि १६ गते सम्म भएको थियो ।

    यो परीक्षामा ६०६ जना बिद्यार्थी सहभागी भएको बिद्यालयका प्राधानाध्यपक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।
    कक्षा ११ र १२ मा आमसञ्चार (पत्रकारिता), कानुन, फाइन आर्ट लगायतको बिषयमा पठनपाठनहुँदै आएको छ ।
    बिद्यालयको शैक्षिक स्थर वृद्धिको लागि आन्तरिक परीक्षाहरुको आथै विभिन्न बिषयको अभ्यासमा आधारित अध्यापन हुँदै आएको छ । 
    विद्यार्थीहरुका लागि कक्षा कोठा, आकर्षक भवनहरु, सहज शौचालय, खानेपानी लगायत भौतिक सुबिधा, शान्त शैक्षिक वातावरणको कारण पञ्चायत माबिमा विद्यार्थीहरुको आकर्षकको केन्द्र बन्दै गएको बिधालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…