• तेह्रथुम, १७ मंसिर

    नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।

    महासंघले जिल्ला शाखाका अर्का पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान गरेको छ । त्यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन् ।

    आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत विरेन्द्र पयाङ्गु सम्मानित भएका छन् । 

    यसैबीच महासंघले शाखाको १२औं साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाई लाई बधाईपत्रसहित सम्मान गरेको छ । महासंघले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासंघका सदस्य छथर गाउपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका-६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ ।


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…