• काठमाडौं, २१ पुस

    ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो ।
    यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

    आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारीसमेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागीता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।
    श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिपस्र्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

    ‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलावा नेपाली कला संस्कृति, पर्यटन प्रवद्र्र्धनसमेत प्रतियोगितामा गर्नेछु,’ उनले थपे । 

सम्वन्धित समाचार

नेपाली गजल गायनको इतिहासमा पहिलो पटक  आठ गजलकारहरु  द्धारा लिखित गजल “तिमिलाई हेर्दा …

काठमाडौँ , २३ फागुन फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोल…

कञ्चनपुर, २३ फागुन   शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु च…

  काठमाडौँको पश्चिम भेगमा रहेको किसिपिँढी गाउँले लिच्छविकालीन गौरवलाई पुर्नर्जीवन दिएको छ । मौलिक …