• बारा, २१ पुस

    स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् ।

    पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ । घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ ।

    बिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…