•  इटहरी, २७ पुस
    इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ । 

    आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए ।

    प्रतियोगितामा साविक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुंगो लागिसकेको उनले बताए ।

    विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २०, २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्च हुने अनुमान गरिएको छ । सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

सम्वन्धित समाचार

 नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।   &nbs…

 घोराही, २३ वैशाख   विगतमा घरमै मोबाइल चलाएर बस्ने बालबालिकाको दैनिकी अचेल फेरीएको छ । उन…

बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी प…

काठमाडौं, ४ माघ  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली ट…