• काठमाडौं, २७ पुस

     भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा  ६७ रनको जित निकालेको छ ।

    भारतले गुहाटीस्थित वर्षापारा क्रिकेट स्टेडियममा मंलबार राति सम्पन्न खेलसँगै भारतले शृंखलामा १–० को अग्रता बनाएको छ । श्रृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याएको श्रीलंककाले ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन मात्रै बनायो ।

    श्रीलंकाका कप्तान दसुन सानकाले ८८ बलमा  १२ चौका र तीन छक्का मद्दतमा अविजित एक सय आठ रनको इनिङ खेलेका थिए । यसैगरी पाथुम निसन्काले ८० बलमा ११ चौका मद्दतमा ७२, धनन्जय डि सिल्भाले ४७, चरिथ अस्लंकाले२३, वानिन्दु हसरंगाले १६ र चमिका करुणारत्नेले १४ रन बनाए ।

    नवौं विकेटका लागि सानका र कासुन रजिथाले अविजित एक सय रनको साझेदारी गरेका थिए । कासुन ९ रनमा अविजित रहे । यसैगरी चौथो विकेटका लागि पाथुम र धनन्जयले ७४ रनको साझेदारी गरे ।  भारतका लागि उम्ररन मलिकले तीन, मोहम्मद सिराजले दुई, युजवेन्द्र चाहाल,  हार्दिक पाण्ड्य र मोहम्मद सामीले समान एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ७३ रनको योगफल तयार पारेको थियो ।

    भारतका लागि विराट कोहलीले ८७ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय १३ रन जोडे । यसैगरी कप्तान रोहित शर्माले ६७ बलमा ९ चौका र तीन छक्का मद्दतमा ८३, शुभमन गिलले ६० बलमा ११ चौका मद्दतमा ७०, केएल राहुलले ३९, श्रेयस अय्यरले २८ र हार्दिक पाण्ड्यले १४ रन जोडे ।

    पहिलो विकेटका लागि रोहित र शुभमनले एक सय ४३ रनको साझेदारी गरेका थिए । यसैगरी विराट र केएल राहुलले चौथो विकेटका लागि ९० रनको साझेदारी गरे । श्रीलंकका लागि कासुन रजिथाले तीन तथा दिलसान मधुसन्का,चमिका करुणारत्ने, दासुन सानका र धनन्जय डि सिल्भाले समान एक विकेट लिए ।

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …