• काठमाडौं, २२ माघ 

    फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको लिम्बु भाषा, सस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७९’को पाँचौं सस्करणको मनोनयनमा परेका कलाकारहरूलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

    अवार्डमा फिल्मबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टिकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बू, गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ, संगितकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, सैलेन्द्र नाल्बो, कथामा सागर केरुङ, टिका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बू, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

    त्यसैगरि म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बू, केन्जल योङहाङ, रुबिना लिम्बू अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डि आर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बू, रुक्सना लिम्बू, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन् ।

    उपसभामुख इन्दिरा राना मगरको प्रमुख आत्थियमा भएको कार्यक्रममा गायक तथा संगितकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्र कुमार नाल्बोलाई सम्मान गरिएको थियो । फाल्गुनन्द लिङ्देन फिल्म्स्का अध्यक्ष तथा निर्देशक दिनेश लिङ्देनको सभापतित्वमा सम्पत्र उक्त मनोनयन पत्र वितरण कार्यक्रमलाई चलचित्र पत्रकार संघको उपाध्यक्ष दीपज्योती थापाले सहजीकरण गरेकी थिइन् ।

    अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…