शान्ति लामा
आज ८ मार्च विश्वभरिका श्रमिक महिलाहरुले महिला माथि भएको शोषण विरुद्ध आवाज उठाएको दिनलाई स्मरण गरि यो दिवस मनाइन्छ ।
महिला मुक्ति आन्दोलनको एक अभियन्ता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला मुक्तिको लागि आवाज उठाएकी थिइन । तर, आज सुकिला, मुकिला, टाठा, बाठा महिलाहरुको दिवस भन्दा फरक नपर्ला । संविधानको पानाहरुमा महिला मैत्री शब्दहरुले रंगिएका छन् । चार तारे होटल देखि, पालिका, वडासम्म, शौचालय देखी सदनको रोष्टमसम्म महिला मैत्री श्वरहरु गुन्जिएका छन् ।
शास्त्रमा भनिएको छ "यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता" अर्थात जाहाँ नारी पुजिन्छ त्यहा देवताहरु पनि रम्दछन् । श्रमिक महिलाहरूको लागि एक दिन पालिकाले दोसल्ला ओढाएर पाँच सय हातमा राखेर श्रमिक महिलाहरुले के न्याय पाउछन् त ?
पालिकाको कुल वजेटमा कति प्रतिशत महिला लक्षित भनेर रकम बिनियोजित गरेको छन् ? महिला लक्षित कार्यक्रमहरु कहाँ कसले पाए ? कि पाटीको कार्यकर्ताले मात्रै पाए ? के रकम पाएर श्रमिक महिलाहरुको जीवन स्तर परिवर्तन भएको छ त ?
के स्थानीय सरकारले अनुगमन गरेको छ त ? एक दिन महिला मुक्तिको चर्को भाषण गर्देमा हाम्रो गाउँ घर तिर ग्रामीण भेगको महिलाहरले न्याय पाए त ? समाजको अपरिहार्य शक्ति हो नारी । आमाको काख , चेलीबेटीको स्नेह, श्रीमती प्रेमिकाको माया यिनै नारी पात्रको पच्छौरी भित्र एउटा पुरुषको जीवनका अवयवहरु चलिरहेको हुन्छ ।
आज तिनै नारिहरु आफ्नो हक अधिकार प्राप्त भएको दिनलाई स्मरण गरि ८ मार्च मनाउदछन् । तर के तपाईंहरुले आज आफ्नो आमा, दिदी बहिनी , श्रीमती, प्रेमिकालाई नारी दिवसको उपलक्ष्यमा शुभकामना दिनु भयौं त ?
ठूला ठुला मञ्चमा महिला मुक्तिको लागि भाषण गर्नेहरुले कतै आफ्नो घरमा भएको नारिहरुलाई बन्दी जीवन विताउन वाध्य वनाइएको त छैन ? मेरो प्रश्न यहाँ छ कि श्रमिक महिला दिवसको दिन तामझाम गरेर कार्यक्रम गर्दामात्रै श्रमिक महिलाहरुलाई न्याय मिल्दैन ।
संघीयता, गणतन्त्रको देशमा स्थानीय सरकारले कानुन, कार्यविधि वनाएर कार्यन्वायन गर्न सक्ने अधिकार छ । के स्थानीय सरकारले श्रमिक महिलाहरुको लागि के कस्ता कानुन वनायौ त ? वल, बैँस रहुन्जेल श्रम बेचेर जसोतसो जीवन यापन गरिरहेका छन् । के अब उनिहरुको भविष्य सुनिश्चित गराउन पालिकाले ८ मार्चको दिन आफ्नो पाटीको कार्यकर्तालाई पाँच सय र जाडो नछ्ल्ने ओड्ने दिएर श्रमिक महिला मुक्ति हुन्छ त ?
जसको लागि गरिएको कार्यक्रम उनिहरुको न सहभागी न त जानकार नै हुन्छन् । जतिसुकै ओै दिवस मनाए पनि सुकिला मुकिलाको श्रमिक दिवस हो । श्रमिक महिलाको शीर्षक मा रकम विनियोजित गरी खान पल्केकाहरुले यसरी नै श्रमिक दिवस मनाउने गर्छन् ।
मेरो अनुरोध स्थानीय सरकार श्रमिक महिलाहरुको भविष्य माथि चिन्तित हुन आवश्यक छ । वास्तविक श्रमिक महिलाहरुको पहिचान गरि नीति, कार्यविधि वनाइ उनिहरुको हक अधिकारको निम्ति काम गरोस् ।
अन्तमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार: सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराको साथ आज अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना ब्याक्त गर्दछु ।
यो दिवस नारामा मात्रै सिमित नहोस् करोडौं खर्च गरेर महिला दिवस को कार्यक्रम तारे होटेलमा गर्नु भन्दा त्यस्तो पैसालाई बिउ पुँजिका रूपमा रुपान्तरण गरि महिला उध्यमशिलता वृद्धि अनि आत्मनिर्भर सक्षम महिलाको सामाजिक स्वरूप परिकल्पना गरौ ।
यसरी आधा आकाश ढाक्ने महिला सबल र सक्षम भए समाज व्यबस्थित तथा बिकसित भए मात्रै महिला दिवसले सर्थकता पाउछ । पुन: श्रमिक महिलाहरुलाई शुभकामना दिन चाहान्छु।
(लेखक महिला अधिकार कर्म्री हुनुहुन्छ, स.)