•  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २६ वैशाखमा काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै भन्नुभएको थियो, ‘‘भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको छ । 
        यो लडाइँमा जनयुद्धको जस्तै साथ चाहिएको छ । विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न सकिदैन । त्यसमा पनि तपाईंहरुको हिजो (जनयुद्ध)को जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरुसँग अपिल गर्न चाहन्छु ।’’ साथै, उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको उल्लेख गर्दै भन्नुभएको थियो, ‘‘अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनीहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यही हो । सुशासन भनेको हाम्रो देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’’ 

        सामाजिक न्याय, सुशासन र समृद्धि अर्थात यी ‘तीन स’लाई आफू सरकारमा आएदेखि नै प्राथमिकतामा राखेको प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उद्घोष थियो । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई नयाँ जनयुद्धको सङ्ज्ञा किन दिनुभयो । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेर २०६३ मङ्सिर ५ को शान्ति सम्झौता नहुँदासम्म चलेको जनयुद्ध नेपाली इतिहासमै जनताले चलाएको नेपाली इतिहासकै लामो सशस्त्र सङ्घर्ष थियो । यद्यपि, २००७ सालको आसपास वा २०२८ देखि २०३१ को आसपास तथा २०४२ को आसपासमा विभिन्न राजनीतिक शक्तिहरुले छोटो प्रकृतिका सशस्त्र सङ्घर्ष सञ्चालन गरेका थिए ।  जनयुद्धको नेतृत्व गरेको, लडेको, देखेको, सुनेको वा भोगेको पुस्ताका लागि यो वर्णन नौलो नभए पनि नयाँ पुस्ताका लागि नयाँ हुनसक्छ किनकी जनयुद्ध सकिएपछि जन्मेको पुस्ता पनि अब युवावस्थामा प्रवेश गर्ने समय भइसकेको छ । 

        देशको ८० प्रतिशत भूभागमा तत्कालीन पुरानो राज्यसत्ताको उपस्थिति शून्य बनाएर जनसत्ता चलाएको र त्यसमार्फत न्याय, समानता र सुशासनको अभ्यास सुरु भएको थियो । जनयुद्धको प्रमुख सफलता भनेको सामाजिक जागरण र राजनीतिक परिवर्तन नै हो । नेपालमा जनयुद्ध नभएको भए यति चाँडै नेपाली समाज जाग्ने थिएन । वर्ग, जाति, क्षेत्र, लिङ्ग, भाषा आदिका नाममा जुन विभेद र बहिष्करणको अवस्था थियो, यसको एकमुष्ट अन्त्य गर्ने विगुल जनयुद्धले नै फुकेको हो । हो, यी क्षेत्रले अहिले जीवन व्यवहारमा पूर्ण मुक्ति पाइसकेका छैनन् तर शोषणको सामन्ती स्वरुप र संरचनाको अन्त्य भने भएको छ । 

        के अब पनि कोही जमिन्दारले किसानमाथि शोषण गर्ने आँट गर्ला ? पुरुषले महिलामाथि शोषण गर्दा हिजोको जस्तै महिलाहरु अब चुप लागेर बस्लान् ? हिजोको जस्तो आज कथित उच्च जातिले दलित वा अन्य उत्पीडित समुदायमाथि खुलेआम अत्याचार गर्ने आँट किन गर्दैन ? आफ्नो अधिकारका लागि कर्णाली वा मधेशलाई सङ्घर्ष गर्ने प्रेरणा र शक्ति कहाँबाट पैदा भयो ? नेपाली समाजलाई वस्तुनिष्ठ ढङ्गले अध्ययन गर्ने जो कोहीले पनि ढुक्कसँग भन्नसक्छ–यो अभूतपूर्व चेतना र जागरणको जश दश वर्षे जनयुद्धलाई जान्छ । 

सम्वन्धित समाचार

 खप्तड, २३ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतक…

 महेन्द्रनगर, २१ वैशाख : विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा प…

 नयाँ दिल्ली, १९ जेठ : भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्…

 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने…