•  काठमाडाँ, १७ मङ्सिर : नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन् ।

        यसैक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सङ्घीय सांसद मोहन आचार्य पनि भूकम्प प्रभावित क्षेत्रका पीडितका लागि आवास निर्माणको काममा खटिनुभएको छ । उहाँको नेतृत्वमा बिहीबारदेखि जाजरकोटको विकट क्षेत्र कुशे गाउँपालिका–७ धनराशिमा आवास निर्माणका काममा कांग्रेसका ३२ जनाको टोली खटिएको हो ।  

        भूकम्पले क्षतिग्रस्त संरचना हटाउँदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले जानकारी दिनुभयो । भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको उहाँको भनाइ छ । उहाँको नेतृत्वको सो टोली एक सातासम्म सो क्षेत्रमा भूकम्पपीडितका आवास बनाउने काममा लाग्ने जानकारी पनि उहाँले दिनुभयो । 

        इञ्जिनियर आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी अहिले तत्कालका लागि अस्थायी टहरा निर्माण गर्ने र यसका लागि स्थानीयस्तरमा उपलब्ध रहेका तथा आफ्नो समूहमा रहेका दक्ष जनशक्तिको प्रयोग गर्ने जानकारी दिनुभयो ।

        आवास निर्माणका लागि आवश्यक र उपलब्ध रहेमा स्थानीय सामग्रीको प्रयोग गरिएको र उपलब्ध नरहेका अवस्थामा किलाकाँटी लगायतका सामग्री आफैँले ल्याई प्रयोग गरेको पनि बताउनुभयो । विकट क्षेत्र र बाटोको सुविधा नभएकाले निर्माण सामग्र लैजानका लागि समस्या भएको उहाँले बताउनुभयो । सांसद आचार्यले पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…