•  लुम्बिनी, २० पुस : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ । 

    राष्ट्रपतिको प्रमुख आतिथ्यतामा  आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात्  नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ ।

    सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख  पाण्डेयले जानकारी दिनुभयो । किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।

    “जितगढी किल्ला उपमहानगरपालिका मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौँ”, उहाँले भन्नुभयो, “यहीँ नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।”

    किल्ला क्षेत्रमा  सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…