• मोरङ । ताप्लेजुङ्गको मुक्कुम्लुङ÷पाथीभरामा केवलकार विरुद्ध आन्दोलनकारीलाई गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी प्रमुखहरुलाई कारबारीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ । 
    कानुन व्यावसायी शंकर लिम्बूको नेतृत्वमा आज (मंगलबारं) राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ पुगेर निहत्था जनतालाई गोली हान्ने प्रजिअ शर्मालाई कडा कारबाही गर्न माग गरेको हो । 
    त्यसैगरी आन्दोलनमा रहेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू .(१२ गते)ं र प्रदिप मादेन (१५ गते)ंलाई पक्रेर गैर कानुनी थुनामा राखेको विरुद्धमा समेत मानव अधिकार आयोगमा निवेदन र अर्वोच्च अदालतदेखि अन्तराष्ट्रिय मानव अधिकार आयोगहरुमा समेत मुद्धा दर्ता गर्ने तयारी भएको कानुन ब्याबसायी शंकर लिम्बूले बताए । 
    राष्ट्रिय मानवअधिकार आयोगले माघ १३ गते प्रेम विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण बनाउन र सरकारलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न अनुरोध गरेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेकपा .(माओवादी केन्द्रं)का संघीय सांसद दुर्गा राईले आज (.मंगलबारं) ताप्लेजुङमा प्रहरीको गोली लाग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर १० नं. वडामा रहेको आधारभूत विद्यालयको ३६ औं स्थापना दिवस अक्षकोष दाताहरु…

मोरङ । ताप्लेजुङको मुक्कुम्लुङ÷पाथीभारामा केवलकार विरुद्ध संघर्ष गर्दै आएका युवाहरुमाथि प्रहरीले गो…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले कुष्ठरोगको उपचारपछि तन्दुरुस्त भएका व्यक्तिहरुलाई उपहार प्रदान गरेक…