• काठमाडौँ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतासम्बन्धि प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली भारत भमणबाट फर्के लगत्तै टुंगो लगाइने भएको छ।

    एमाले र माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको विहिबार बसेको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषय टुंगो लगाउने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताका लागि आवश्यक सुझाव दिन गठित दुई कार्य दलको प्रतिवेदनमाथि छलफल सुरु गर्दै पार्टी एकतासम्बन्धि दुवै दलले आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको छ।

    दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    पार्टी एकताको अन्तिम गृहकार्य गर्न गठित राजनीतिक प्रतिवेदनसम्बन्धि कार्य दल र विधानसहितको सांगठनिक कार्य दलले बुझाएको प्रतिवेदनमाथि पार्टी एकता संयोजन समितिले विहिबारबाट छलफल सुरु गरेको हो। प्रतिवेदनमा एकीकृत पार्टीको चुनाव चिन्ह, जनयुद्धलाई स्विकार गर्नेकि नगर्ने तथा पार्टी एकता कुन अनुपातमा गर्ने भन्ने विषयमा सहमति जुटन सकेको छैन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…