• आर एन चौधरी थारु,,
    क्वालालम्पुर,
    अप्रील-

    बिश्वको सर्बोच्च शिखर मनिने नेपालमा रहेको सगरमाथा आरोहणको तयारीमा रहेकी दाबुटी शेर्पाको लागी नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले सहयोग स्वरुप आर्थिक सहयोग गर्ने भएका छ ।
    महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराए अनुसार यहि २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी दाबुटीले नेपालको कफीलाई बिश्वको सबै भन्दा उत्तम कफी भनेर चिनाउने उदेश्य सहित आरोहण गर्न लागेकी हुन।

    नेपालको कफीको व्यापार विस्वका विभिन्न मुलुकमा हुने गरे ता पनि नेपालमा भने यसलाई प्रयोगमा ल्याउन सकेको छैन । नेपाली बजारमा अन्य देशका कफी सरह नेपालको कफीलाई स्थान दिनु पर्ने उनको भनाई छ । नेपाली कफीले अन्तराष्ट्रिय स्तरमा स्थान पाएको भए पनि नेपालमा यसलाई राम्रो प्रयोगमा ल्याउन सकिरहेको छैन ।सगरमाथा आरोहण बाट नेपाली कफीलाई नेपाली बजार र बिश्वमा चिनाउने लक्ष्य शेर्पाले राखेकी छन । नेपालमै कफी खेतीलाई व्यावस्थित तरिकाले उत्पादन गर्न सके स्वदेसमै कयौँ युवाले रोजगारी पाउने दाबुटी बताउछिन ।

    शेर्पा सञ्चार समुह नेपालको सदस्य तथा समाजसेवाको क्षेत्रमा समेत कार्यरत रहेकी दाबुटी शेर्पाले नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको लोगो अङ्गित ब्यानर समेत सगरमाथाको चुचुरोमा फहराउने योजना बनाएको महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भ्यो ।
    उहाँको भनाइ अनुसार मलेसियामा रोजगारीको शिलसिलामा रहेका नेपाली पीडित श्रमिकहरुको लागी महासंघ मलेसिया अहोरात्र खटेर पनि उद्दार कार्य गरि रहेको र आगामी दिनमा पनि यसै गरि उद्दार कार्य जारी राख्ने छ्न ,इतिहासमै पहिलो चोटि जनजाती महासंघ मलेसियाको झण्डा र ब्यानर सगरमाथाको चुचुरोमा फहराउन सफल भए यो महासंघ मलेसियाको लागी एतिहासिक सफलता हासिल हुनेछन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…