• रातोकलम/  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अण्डर वर्ल्ड कुख्यात डन इब्राहिम कस्कर पाकिस्तानमा लुकेर बसिरहेको जनाएको छ।

    दाउद इब्राहिम भारतीय नागरिक हुन्। सन् १९९३ मा भएको मुम्बई बम आक्रमणका मास्टर माईण्ड (मुख्य योजनाकार) भएको भन्दै उनलाई ईन्टरपोलको रेड कर्नर सूचीमा राखिएको छ। उनी बिरुद्ध म्याच फिक्सिङ लगायत अरु थुप्रै जघन्य अपराधका मुद्धाहरु समेत छन्। 

    पाकिस्तानी भूमीमा बसेर आफ्ना अपराधिक गतिविधी संचालन गरिरहेका १ सय ९३ ब्यक्ती तथा समूहहरुको सूची सार्वजनिक गर्दै राष्ट्रसंघीय सुरक्षा परिषदले दाउद पाकिस्तानमा लुकेर बसिरहेको दाबी गरेको हो।

    सुचीमा जनाईए अनुसार, दाउदले पाकिस्तानको कराँची र रावलपिण्डीबाट धेरैवटा पासपोर्ट लिएका छन्। कराँचीको नूराबादमा दाउदको आलिसान बंगला रहेको पनि सो परिषदले जनाएको छ। 

    उमेरले ६२ बर्षीय अण्डरवर्ल्ड डन दाउदको बेलायत, भारत, युएई, स्पेन, मरोक्को, टर्की, साईप्रस, र अस्ट्रेलियामा अथाह अवैध सम्पत्ती रहेको अन्तराष्टृय समाचार माध्यमहरुले समाचारमा उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…