By:Ratokalam
धनकुटा ।
‘चण्डिपूर्णी मेला राजारानीको सान,मेलामा पाल्नुहुने महानुभावलाई हाम्रो स्वागत र सम्मान’ भन्ने नाराका साथ धनकुटाको चौबिसे—६ राजारानीमा विगत बर्षमा झै बैशाख १८ गते देखी बैशाख २१ गतेसम्म चण्डिपूर्मीमा मेलाको आयोजना गरिने भएको छ ।
साँस्कृतिक कार्यक्रम संयोजक बिजु राईको अनुसार मेलामा बिभिन्न स्टलहरु राखिनेछ भने स्थानीय कृषि जन्य उत्पादनका समाग्री,कलासंस्कृति झाँकि नृत्यहरुले प्राथामिकता पाउनेछन् ।
मेलालाई अझ भब्य र मनोरन्जात्मक बनाउनका लागि हरेक साँझ राष्ट्रिय स्तरका कलाकारहरुबाट साँगीतिक प्रस्तुति रहनेछ । मेलामा विल्सन बिक्रम राई तक्मे बुढा,श्रीयसी राई,ताराप्रकाश लिम्बू,सुनिता लिम्बु,कमल खत्रि,देबेन चेम्जोङ,मेलिना राई,मेनुका सौदेन लिम्बू लगायतले प्रस्तुति दिनेछन् भने गरिमा डाँन्स सेन्टर धरानको बिशेष प्रस्तुति रहनेछ ।
बराह ज्वेलर्स धरान,भिन्टेन लज एण्ड बार धरान र विग मास्टर वाईनले मेला तथा साँस्कृतिक कार्यक्रमलाई सह—प्रायोजन गरेको छ । यस्तै मेलालाई सम्पन्न गर्न रारा फुटवल क्लव राजारानी,चौविसे —६ वडा कार्यालय,बजार ब्यवस्थापन समिति राजारानी,नागवेली व्यवस्थापन समिति,डाँडाबजार फुटवल क्लव सागुरीगढी,सगरमाथा फुटवल क्लव बिराटचौक,होटेल एसोसिएसन भेडेटार र डिएस कन्स्ट्रक्सन,रानीताल संरक्षण समितिले सहयोगी संस्थाको भुमिका निर्वाह गर्ने भएको छ ।
मेलाको बिशेस आकर्षण, क्षेत्रीय स्तरको फुटवल प्रतियोगिता तथा बिभिन्न साँस्कृतिक झाँकिहरु हुने बाताईएको छ।
मेलाको रातोकलम डटकम अनलाईन,बिजयुर एफएम,मेन्छ्यायेम एफएमले अफिसियल मिडिया रहेको छ ।