• विराटनगर । चर्चित भारतीय अभिनेता सलमान खानलाई २० वर्ष पुरानो मुद्दामा जेल चलान भएका छन् । कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार खानलाई जोधपुर अदालतले जेल पठाएको हो ।

    अदालतलाई खानलाई मुद्दामा ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई अदालतबाटै पक्राउ गरिएको छ । उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ । खानलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

    सलमान वितग २० वर्षमा पटक–पटक जेल गएका छन् । सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमानलगायत ५ जना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो । सलमानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो ।

    सलमानलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागेका अभिनेता सैफ अलि खानलाई भने अदालतले सफाइ दिएको छ । सलमानसहित अभिनेता सैफअलि, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले बिहीबार सलमानबाहेक सबैलाई सफाइ दिएको छ ।

    सलमानका वकिलले अदालतमा ३ वर्षभन्दा कमको सजाय माग गरेका थिए । ३ वर्षसम्मको सजाय पाएको भए उनी धरौटीमा छुट्नसक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

    सलमानले यो सजायविरुद्ध अपिल गर्ने उनका वकिलहरूले बताएका छन् । सलमानलगायतका कलाकार २० वर्ष पहिले हम साथसाथ हैं फिल्मको सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए । त्यसपछि भारतको वन्यजन्तु कानुन अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

    सलमानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए । उनका वकिलले सलमानलाई फसाइएको अदालतमा बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…