• विराटनगर, २२ चैत / प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटलाई जनमुखि बनाउँनका लागि दुई वटा उच्च स्तरीय कार्यदल गठन गरेको छ ।

    मन्त्रालयले ‘बजेट सुदृढिकरण कार्यदल’ र राजस्व परामर्श समिति गरी दुई वटा उच्च स्तरीय कार्यलदल गठन गरेको हो ।

    अर्थशास्त्री तथा प्राध्यापक डाक्टर प्रमोदकुमार झाको संयोजत्वमा सात सदस्य रहने गरी ‘बजेट सुदृढिकरण कार्यदल’ र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको नेतृत्वमा पाँच सदस्य रहने गरी ‘राजस्व परामर्श समिति’ गठन भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

    झाको नेतृत्वमा गठन भएको कार्यदलमा अर्थमामिला मन्त्रालयका राजस्व महाशाखाका प्रमुख गोपाल खत्री सदस्य सचिवको रुपमा रहेका छन् भने अन्य सदस्यहरुमा डा. अर्जुन बराल, नारायाण बाँस्कोटा, उद्योग वाणिज्य महासंघ प्रदेश १ को प्रतिनिधि रहनेछन् । त्यस्तै अर्थ सचिवको नेतृत्वमा गठित राजस्व परामर्श समितिका सदस्यहरुमा डा. रमेश अधिकारी, डा.रमेश दहाल, डा. कृष्ण अग्रवाल, जिल्ला समन्वय समिति इलामका संयोजक गणेश बराल रहेका छन् ।

    गठन भएको कार्यदलले प्रदेशमा कर प्रणालीको अवस्था, बृद्धिका संभावना समस्या र चुनौतीबारे अध्ययन गर्नेछ । त्यस्तै कार्यदलले विविद्य आर्थिक सूचकहरुको विश्लेष्ण गरी वैज्ञानिक करण प्रणाली अवलम्बन गर्न उपयुक्त करका दरहरु तथा तिनीहरुको दायरा विस्तार गर्न सुझाब दिने, समग्र प्रदेशको आर्थिक, वित्तीय र राजस्व सम्बन्धी संरचना, करका दर, राजस्वनीति तथा कार्यक्रम, प्रदेशको एकिकृत राजस्व तयार गर्न सहयोग गर्नेछन् ।

    दुवै समितिले ४५ दिनभित्र प्रदेशको अर्थको बिषयगत अबस्थावारे अध्ययन गरेर जानकारी दिईसक्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…