• काठमाडौँ, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले सचिवालय समितिमा तीन सदस्य थप गरेको छ ।

    पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रवक्ता राजेन्द्र गुरुङ(ओखलढुंगा) सहायक महामन्त्री विजयकला राई (खोटाङ) र नेता कृष्णबहादुर राउत (काठमाडौँ) लाई समितिमा मनोनयन गरेको छ ।

    प्रदेशस्तरीय राजनीतिक गतिविधि सञ्चालनका लागि प्रदेश नं १ र ७ मा क्रमशः दुई र एक समूह गरी तीन टोली खटाउने निर्णय पनि गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । बैठकले महामन्त्रीद्वय धु्रवबहादुर प्रधान र राजाराम श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक र सचिवालयसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

    राष्ट्रिय एकता र प्रजातन्त्र दिवस, घटस्थापना, कृष्णजन्माष्टमीलगायत पर्वमा सरकारले बिदा कटौती गरेकामा बैठकले असन्तोष व्यक्त गर्दै शदियौदेखि चलिआएको हिन्दू परम्परा र संस्कृतिसँग जोडिएका बिदा र एकता दिवसको बिदा कायम गराउन माग गरेको छ ।

    यसैबीच एकीकृत राप्रपा (राष्ट्रवादी)का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीले पृथ्वीपथ, हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाका बारेमा विचार नछाडेको स्पष्ट गर्नुभएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…