• मोरङ । पुर्बका मोरङ,खोटाङ र उदयपुरका बिभिन्न ठाँउमा अबिरल बर्षासँगै परेको चट्याङ लागेर दुईजनाको मृत्यु हुनुका साथै ९ जना घाईते भएका छन । 
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् । घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी गंगाबहादुर विश्वकर्माले बताए । यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
    उपचार गराउन लैजानेक्रममा बाटैमा मृत्यु भएका दाहालको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ भने खत्रीको शव ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयवासीले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिए पनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन ।
    उदयपुरको कटारी नगरपालिका–१३ मोहनटारमा चट्याङ लागेर छ जना घाइते भएका छन् । बुधबार साँझ ७ बजेतिर परेको चट्याङ लागेर ७० वर्षीया जलसरी राई, ४६ वर्षीया हिरामाया जोगी, २५ वर्षीया सीता राई, १६ वर्षीया सविना राई, ४० वर्षीय खेतबहादुर सुनुवार र १६ वर्षीय तारा कार्की घाइते भएका हुन् । घाइतेहरूको उपचार कटारी अस्पतालमा भइरहेको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिएका छन । 
    यसैबिच मोरङको लेटाङ नगरपालिका ७ मा बिहिबार बिहान परेको चट्याङ लागेर ३ जना घाईते भएका छन । घाईते हुनेहरुमा स्थानीय ३८ बर्षिया लालमाया लिम्बु, ६५ बर्षिया दिलमाया लिम्बु र ४५ बर्षिय नरबहादुर लिम्बु रहेको र उनीहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…