• बीबीसी।  कालो हरिण शिकार गरेको अभियोगमा जोधपुर अदालतले बलिउड अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतको यो फैसलापछि कतै खुशीयाली मनाइएको छ भने कतै दुख व्यक्त गरिएकोछ। राजस्थानको बिश्नोई समाजले सलमानलाई जेल सजाय सुनाएपछि डुबेका छन्।

    तर यो विषयमा पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफको अभिव्यक्तिले भने विवाद पैदा गरेको छ। पाकिस्तानी समाचार च्यानल जिओ न्युजलाई दिएको एक अन्तर्वातामा विदेश मन्त्री आसिफले सलमान खान अल्पसंख्यक समुदायका भएका कारण उनलाई सजाय दिएको बताएका छन्।

    उनले यदि सलमानको धर्म भारतीय सत्तारुढ पार्टीको जस्तै भएकोभए सलमानलाई सजाय दिइँदैन थियो भन्दै सलमान मुस्लिम समुदायका भएकै कारण उनलाई सजाय दिइएको टिप्पणी गरे।

    सलमान खानलाई १९९८ मा कालो हरिण शिकार गरेको अभियोगमा २० वर्षपछि सजाय सुनाइएको छ। बिश्नोई समाजले सलमानलाई सजाय सुनाएपछि खुशीयाली मनाएका छन्। तर, यसै अभियोगमा अभिनेता सैफ अली खान, तब्बू, नीलम र सोनाली बेन्द्रेलाई भने सफाइ दिइएको विषयमा भने आपत्ति जनाएको छ।

    अदालतको उक्त फैशलाप्रति बलिउड फिल्म उद्योगमा निराशा छाएको छ। फिल्म अभिनेत्री एवं राज्यसभा सांसद जया बच्चनले अदालतको फैसलाले आफू निरासमा डुबेको बताएकी छन्।

    उनले भनिन्, ‘म यति भन्न सक्छु, मलाइ निकै नरमाइलो लागेको छ। किनभने फिल्म उद्योगले धेरै लगानी गरेको छ। उनीहरुलाई अब घाटा हुन्छ। २० वर्षपछि अदालतलाई सलमान दोषी भएको लाग्यो। तर, यो कानुन हो यसमा के भन्न सकिन्छ र?’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…