• काठमाडौँ, चैत २३ गते । शोकको कारण रोकिएको नेपाली काँग्रेसको बैठक अब नयाँ वर्षमा मात्र बस्ने भएको छ । नेता खुमबहादुर खड्काको यही चैत १७ गते निधन भएपछि काँग्रेस बैठक स्थगित भएको थियो । 

    खड्का निधनपछि पार्टीले पाँच दिनसम्म केन्द्रीय कार्यालय बन्द गर्ने, सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, १३ दिनसम्म पार्टी कार्यालय र जिल्लास्थित कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेर बैठक स्थगित गरेको थियो । यसैगरी, १३ औँ दिनको दिन जिल्ला जिल्लामा शोकसभाका लागि केन्द्रीय प्रतिनिधि पठाइने पार्टी सचिवालयले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा १३औँ दिनको पुण्य तिथिमा शोकसभाका लागि दाङ जानुहुने भएको छ । शोक सभाको कार्यक्रम सकिएपछि नयाँ वर्ष २०७५ को वैशाख ३ गतेदेखि बैठक पुनः निरन्तर चल्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…