• काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली शुक्रबार बिहान ८:४५ बजे नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली प्रस्थान गरेका हुन्।

    समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा ओली शुक्रबार ५० सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।

    भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित चारजना मन्त्री, विभिन्न पार्टीका नौजना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, अरु केही सचिव, सरकारी तथा निजी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी छन्।

    भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योगमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडा रहेका छन्। यस्तै भ्रमण टोलीमा उद्योगी व्यवसायी र कला क्षेत्रका प्रतिनिधि पनि समावेश छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…