• केशब खड्का

    मधुमल्ला/ राष्ट्रपति चुरे संरक्षण क्षेत्र लागू भएको दक्षिणी इलामको चुलाचुली र मोरङको मिक्लाजुङ गाउँपालिकामा पर्ने नुनसरी, बक्राहा र मावा खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खननलाई कायमै राखेको छ ।

    स्थानीयबासीहरुले चुरे क्षेत्रबाट भइरहेको उत्खनन रोक्न माग गरेका छन् । उक्त स्थानको प्राकृतिक स्रोत उत्खननका लागि गत वर्ष तत्कालिन जिविसले रोक लगाएको थियो । यसपालि जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयलगायतको अनुमतिबिना चुरे क्षेत्रको ढुंगा, गिट्टी उत्खनन गरेको स्रोतले बतायो । गैरकानुनी रूपमा प्राकृतिक स्रोतको दोहन गरेको भन्दै स्थानीय सिँचाई उपभोक्ता समितिलगायत आधा दर्जन संस्थाले उत्खनन रोक्न माग गर्दै मिक्लाजुङ गाउँपालिकामा निवेदन दिएका थिए । तर, अझैसम्म चुरे क्षेत्रबाट दहन रोकिएको छैन् ।

    मिक्लाजुङ गाउँपालिकाले मापदण्ड विपरीत कार्य गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । यता मिक्लाजुङ गाउँपालिका अध्यक्ष देबीप्रसाद आचार्यले वस्तीलाई कुनै असर नगर्ने गरी र जिल्ला समन्वय समितिको पत्र अनुसार बक्राहा–नुनसरी खोलाले बगाएर लैजाने क्षेत्रको मात्र उत्खनन् गरिरहेको बताएका छन् । जिल्ला समन्वय समितिले ठेक्का लगाएको क्षेत्रभन्दा बाहिरको क्षेत्रबाट निकासी गरिरहेका उनले भनाई छ । त्यस्तै, मावा खोलाबाट पनि विगत लामो समयदेखि अबैध रुपमा निकासी भईरहेको छ । स्थानीय रानीधारा सामुदायिक वन, देबीधारा सामुदायिक वन तथा त्रिबेणी सामुदायिक वन क्षेत्रबाट बग्ने मावा खोलाबाट अबैध रुपमा निकासी भइरहेको हो । जिल्ला समन्वय समिति र चुलाचुली गाउँपालिकाले ठेक्का लगाएको भएपनि वन क्षेत्र र चुरे क्षेत्रबाट निकासी भइरहेको भएको स्थानीयको आरोप छ ।

    यस बिषयमा रानीधारा सामुदायिक वनका अध्यक्ष टेकबहादुर साँबा राईले जिल्ला समन्वय समिति, स्थानीय निकायले स्थानीय संघसंस्थाहरुसँग कुनै पनि समन्वय नगरेको र स्थानीय उपभोक्ताहरुको आवश्यकता तथा स्थानीय विकास निर्माणका लागि उत्खनन् नरोकेको बताएका छन् । अबैध स्थानबाट उत्खनन् गरेको भन्दै प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । स्थानीयको तीब्र विरोधपछि टाँडी प्रहरी चौकीले चुरे क्षेत्रबाट उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा लिएर सेक्टर बन कार्यालयमा बुझाएको थियो । तर, स्थानीय तहका केही जनप्रतिनिधिहरुले दबाब दिएर छुटाएका थिए । यस बिषयमा इलाका प्रहरी कार्यालय मधुमल्लाले भने कुनै चासो नदेखाएको स्थानीयको भनाई छ ।

    चुरे क्षेत्रलाई बन्जर बनाउने गरी खोलाहरूबाट गिट्टी बालुवा अवैध रूपमा निकासी हुने क्रम बढ्दै गएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । सरकारले लागू गरेको राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम प्रभावित हुने गरी अवैध रूपमा नदीहरूको दोहन भइरहेको छ । खोलामा अत्याधिक उत्खनन गरिएका कारण कुलो तथा खानेपानीका मुहानहरु सुकेको स्थानीयको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…