• एजेन्सी । बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा  छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे ।

    जोधापुर जेलका एसपी विक्रम सिंहका अनुसार सलमान र असाराम बापुबीच रातमा कुराकानी भएको छ । सलमानलाई  कैदि नम्बर १०६ दिएर वर्ड नम्बर २ मा राखिएको छ । सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् । राती दुवैबीच एक आपसमा कुराकानी भएको हो ।

    एसपी विक्रम सिंहका अनुसार भुइमा सुत्नको लागि सलमानलाई चारबटा कम्बल दिइएको छ । उनले भने 'सिलिङमा दुई  पङ्खा लगाइएको छ ।'  कारागार जानु पहिले सलमाले ट्वाइलेट र गिजरको व्यव्थाको विषयमा सोधेका थिए ।

    विहान कारागारको तालिका अनुसार उनलाई चनाको दाल, बन्दाकोपि र रोटि दिइएको थियो । तर सलमानले खान अस्विकार गरे  । 

    बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई बिहिवार जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको थियो ।  मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई  दोषि ठहर गर्दै  सो निर्णय सुनाएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…