• सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजले अाफुले २ वटा श्रीमान राख्न चाहेकाे बताइकी छन । प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकममा प्रकासित अन्तर्वातामा यस्ताे बताएकी हुन ।देशराजलाइ महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ? भन्ने प्रश्नमा ‘मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो ।

    ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

    त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनाै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

    यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

    तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले विकिनी लगाएको तस्बिर पोष्ट गर्नुभयो । त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ?भन्ने प्रश्नमा देशराजले भनिन ‘तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ । त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ । त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ । यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो ।

    यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो । कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो ।

    त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ । कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला । उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि ।

    अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ? पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं । बिभिन्न अनलाइनबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…