• काठमाडौं, २३ चैत । प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीका बारेमा आठ पासे, दश पासे भनेर खिसिट्यूरी गर्नेहरुको मुख भारतले बन्द गरिदिने भएको छ ।

    प्रधानमन्त्री केपी ओली आज भारत गएका छन् र पर्सी नेपाल आउँदा डाक्टर ओली बनेर आउनेछन् । अब कसैले नेपालका प्रधानमन्त्रीलाई दस पासे भन्न सक्नेछैन ।

    यो हो नि कुरो । कसो भारत महाराज ? जेएनयुका तर्फबाट धेरै डाक्टर छन् नेपालमा । ओलीलाई गोविन्द बल्लभ पन्त कृषि एवम् प्रौद्ययोगिक विश्वविद्यालयले पीएचडी उपाधि दिने तारतम्य मिलाइएको छ । २०७४ चैत २५ गतेदेखि प्रम ओली डाक्टर ओली बन्नेछन् ।

    संसदमा त्यो विश्वविद्यालयको चर्चा गरेका थिए ओलीले । नेपालमा कृषि क्रान्ति गर्न सकिने ज्ञान त्यो विश्वविद्यालयबाट लिन सकिने पनि बताए । डाक्टरको उपाधि लिने कुरा भनेका थिएनन्, आजै यो कुरोको पोल खुलेको छ ।

    भारत भ्रमण सफल होस् प्रधानमन्त्रीजी ।
    फर्कदा डाक्टर ओली हुनु हुनेछ, बधाई छ ।

    न्यूज अभियानबाट लिइएको हो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…