• उर्लाबारी, २३ चैत्र । पूर्वी मोरङका पत्रकारहरुलाई सूचना प्रबिधिका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चार क्लब नेपालको आयोजनामा दुई दिने सूचना प्रविधि तालिम शुक्रबारदेखि सुरु भएको छ । उर्लाबारी नगरपालिकाको सहयोग सहयोगमा सुरु भएको तालिमको उद्घाटन मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बूले गरेका छन् । प्रमुख अतिथिसमेत रहेका लिम्बूले पत्रकारहरुलाई कलम र डायरी वितरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रदेश सांसद लिम्बूले पत्रकारहरुले सत्यतथ्य समाचार सम्प्रेषण गरी जनतालाई सू–सुचित गराउनु पर्नेमा जोड दिएका छन् । सिंहदरवारको अधिकार गाउँ–गाउँमा आएको उल्लेख गर्दै जनप्रतिनिधिहरुले गर्ने कामका बारेमा संचार जगतले खबरदारी गर्ने पर्ने उनको भनाई छ । सूचना तथा प्रविधिको क्षेत्रमा पत्रकारहरु दक्ष हुनु पर्ने बताउँदै उनले समाजलाई सभ्य बनाउन सञ्चार जगतको महत्वपूर्ण भूमिका रहनु पर्ने बताएका छन् । त्यस्तै, उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले समय सुहाउँदो प्रविधिमैत्री पत्रकारिता नै समयको माग भएको बताएका छन् । उनले पत्रकारिता सत्यतथ्य हुनु पर्नेमा जोड दिएका छन् । तथ्यको गहिराइमा गएर उजागर गर्ने पत्रकारिताले मात्र सही विषयको विश्लेषण गर्ने उनले बताएका छन् । खोजमूलक पत्रकारिताले विकासलाई पनि मद्दत पुर्याउने उनको भनाई छ । कार्यक्रममा सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईलगायतले बोल्दै पत्रकारिता क्षेत्र मर्यादित बन्नु पर्नेमा जोड दिएका छन् । सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सचिब सन्तोष गौतमले राखेका थिए । कार्यक्रम सञ्चालन महासचिब किशोर श्रेष्ठले गरेका थिए । शनिबारसम्म सञ्चालन हुने उक्त तालिममा कार्यक्रममा मोरङ तथा १ नम्बर प्रदेशमा रही विभिन्न कार्यालय तथा निकायमा दुई सयभन्दा बढी निवेदन दर्ता गरी सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विराटनगरका राजु श्रेष्ठ र दमकका समिप चुडालले प्रशिक्षण दिने छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…