• पथरीशनिश्चरे, २३ चैत। मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि विद्यमान दोहोरो स्वामित्व तथा अव्यवस्थित वसोवासको समस्या समाधानका लागि पहल, खोज एवम् अनुसन्धान गर्ने समिति निर्माण भएको छ ।नगर कार्यपालिकाको पछिल्लो वैठकले वडा नम्वर ७ का अध्यक्ष कपिलमणि ढकालको संयोजकत्वमा सर्वपक्षीय ९ सदस्यीय समिति गठन गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

          समितिको सदस्यहरुमा, वडा नम्वर ४ का अध्यक्ष गोविन्दवहादुर भण्डारी, ८ का अध्यक्ष वावुराम दहाल, १० का सदस्य मैनादेवी फुयल आचार्य तोकिनु भएको छ । यसका साथै राष्ट्यि मान्यताप्राप्त ३ दलबाट ३ जना, मालपोत कार्यालय र नापी कार्यालयका प्रमुख वा प्रतिनिधि र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको प्रतिनिधि र सम्वन्धित वडाका वडाध्यक्ष वा प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

          समितिले समस्याको यथार्थ अवस्था बुझी नगरपालिकामा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

          वैठकले, नगरपालिकाबाट प्राविधिक खटाई जग्गा नापजाँच गर्नुपर्दा सेवा शुल्क स्वरुप १५ धुरसम्मलाई ५ सय, ६ कठ्ठासम्म ६ सय, १९ कठ्ठासम्म १ हजार, २ विगाहासम्म १ हजार ५ सय र त्यसभन्दा वढी जग्गामा ३ हजार रुपैयाँ सेवाशुल्क लिइने निर्णय पनि गरेको छ ।

          वडाध्यक्षहरुका लागि आवश्यकता अनुसार मोटरसाइकल खरिद गर्ने, घरवहाल कर असुलीको पहल थाल्ने, नगरपालिकाका महिला जनप्रतिनिधिका लागि सृजनशिल तालीम र नगरका उद्यमशील वन्न चाहने महिलाका लागि उद्यमशीलता प्रवद्र्धन तालीम सञ्चालन गर्ने समेत निर्णय भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…