• काठमाडौं। तीन दिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री केपी ओलीले भ्रमणको पहिलो दिन भारतीय उद्योगी व्यापारीलाई सम्वोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार इण्डो नेपाल बिजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै लगानीकालागि नेपाल उपयुक्त मुलुक भएको भन्दै निर्धक्क भएर लगानी गर्न आग्रह गरेका हुन्।

    प्रधानमन्त्रीले नेपालमा बजारको समस्या नभएको तर उत्पादनको अभाव भएकाले नेपालमा लगानी गर्न आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले नेपालले लगानीकर्ताका लागि विशेष आर्थिक क्षेत्र ९सेज० स्थापना गरेको, भारत र नेपालले भन्सार विन्दुमा संयुक्त चेकपोस्ट निर्माण गरेको तथा नेपालमा मजदुरको लागत समेत कम रहेको भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

    प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘भारत र नेपाल पाँच ठाउँबाट रेलमार्फत् जोडिदैछन, विशेष आर्थिक क्षेत्रहरु भारतीय सीमानाबाट नजिकै निर्माण गरिएका छन्।‘ उनले जलविद्युत र कृषिमा आधारित क्षेत्रमा लगानीका लागि व्यवसायीहरुका लागि नेपालमा आउन सुझाए। 

    भारत नेपालको बीचमा सांस्कृतिक समानता,भौगोलिक निकटता रहेकाले व्यवसायसमा समस्या नहुने उनको भनाइ थियो।  उनले भारतीय पर्यटकहरुलाई नेपाल जान समस्या नभएकाले पर्यटनमा लगानीका लागि समेत आग्रह गरे।

    भारतीय व्यापारीहरुले पनि नेपालमा लगानी गर्न आफूहरु तयार रहेको धारणा राखेका थिए । अधिकांश व्यापारीहरुले आफूहरु जलस्रोत, कृषि, रेल, भौतिक पूर्वाधार खासगरी सडकमा लगानी गर्न ईच्छुक रहेको बताएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…