• दुधे, चैत्र २३ । भलिवल खेलमा अव्वल झापा भलिवल संघलाई सुरुङा र दुधेका दुईवटा निजि विद्यालयले एक कार्यक्रमको आयोजना गरि शुक्रबार जर्सी र ट्रयाक सुट प्रदान गरेका छन ।
    सुरुङाको पशुपति अंग्रेजी माद्यमिक विद्यालयले ट्रयाक सुट र दुधेको क्याम्व्रीज स्कुलले दुधेमा आयोजित कार्यक्रममा जर्सी प्रदान गरेको शिवसताक्षी भलिवल संघका अध्यक्ष भिम लिवाङले जानकारी दिए । कनकाई नगरको लाईन्स क्लव अफ सुरुङाले पनि जर्सी प्रदान गरेको छ । यस्तै कनकाई नगरका सामाजिक अगुवा कुमारमणी भट्टराईले पनि १५ हजार मुल्यवरावरको खेल सामाग्री प्रदान गरेको झापा फुटवल संघका कोषाध्यक्ष राजु पाठकले जानकारी दिए ।
    झापालाई भलिवल खेलको माद्यमवाट मुुलुकमा चिनाउन सफल जिल्ला भलिवल संघको उत्साहलाई प्रेरणा थप्न खेल सामाग्री प्रदान गरिएको दाता क्याम्व्रीज वोर्डिङ स्कुलका संस्थापक प्रिन्सीपल राम सुहाङले वताए । उनले भने झापा फुलवलमा त्यसै अगाडी छ । अव भलिवलमा पनि अव्वलताको साख कायम राख्न झापा भलिवल संघले सक्ने छ ।
    यसैविच दुधे रंगसालामा गएको चैत्र १२ गते देखि शुरु भलिवलको वन्द प्रशिक्षणका सहभागी खेलाडीलाई सोही कार्यक्रममा प्रंससा पत्र प्रदान गरिएको छ । प्रशिक्षणमा २० खेलाडी सहभागी थिए । चैत्र २७ गते देखि संखुवासभामा संचालन हुने भलिवलको दोश्रो रेजिना कपमा सहभागी खेलाडीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
    शिवसताक्षी भलिवल संघका अध्यक्ष भिम लिवाङका अनुसार झापाका १५ वटै स्थानिय तहमा रहेका भलिवल क्लवबाट छनौट गरिएका कम्तिमा १ खेलाडीलाई प्रशिक्षण मा सहभागी गराईएको थियो । राष्ट्रिय भलिवल प्रतियोगितामा खेलेका अनुभवि खेलाडी नविन रिजाल, विमान खड्का, सरोज चम्लागाई, दिपेन मल्लिक, रोहित सिवाकोटी लगायतको टोली वन्द प्रशिक्षणमा थिए । संघका अनुसार उनिहरुको टिमनै संखुवासभामा रेजिना कप खेल्न जादैछ । झापा फुटवल संघ रेजिना कपको साविकको विजेता हो । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…