काठमाडौँ। राजकीय भ्रमणका लागि शुक्रबार बिहान भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
उनीहरुबीच लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री मोदी निवासमा वान टु वान भेटवार्ता भएको हो।
यी दुई प्रधानमन्त्रीबीच आज साँझ भएको भेट पूर्वनिर्धारित नभएको स्रोतले जनाएको छ। नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ।
भेटवार्तामा द्वीपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।